प्रदूषणको मापदण्ड पूरा नगरी सञ्चालन भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गरिने

0

काठमाडौं : वातावरण विभागले परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना तिराउने चेतावनी दिएको छ ।

विभागले आज एक सूचना जारी गर्दै पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र जरिवाना गर्ने जनाएको हो ।

ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने विभागले चेतावनी दिएको छ ।

प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँच अनुत्तिर्ण हुने गाडीलाई जरिबाना गरिने विभागले चेतावनी दिएको छ ।

साथै सवारी साधनबाट निस्केको धुँवाले वातावरण प्रदूषण गराएको भन्दै विभागले सूचना जारी गरेको हो ।

हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागको तथ्यांकले देखाएको विभागले बताएको छ ।

वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ मानिएको छ । खुला रूपमा फोहोर जलाउँदा पनि धुवाँ निस्केको र त्यसले प्रदूषण बढाएको छ ।

विभागले टोल छिमेकमा खुला रुपमा फोहर जलाउने काम नगर्न पनि आग्रह गरेको छ । खुला रुपमा फोहर जलाएको पाइएमा कारबाही हुने पनि विभागले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.