विश्व बजारमा नेपाली सामाग्रीको प्रबर्धन गर्न एनआरएनए नेपाली सामाग्री प्रबर्धन समितिको अन्तर्कृया

0

गैर आबासीय नेपाली संघको नेपाली सामाग्री पबर्धन समितीले युरोप क्षेत्रमा नेपाली सामानको आबस्यक्ता , सम्भाबना र चुनौती बिषयक भर्च्युअल अन्तर्कृया सम्पन्न गरेकोछ । ” मेक इन नेपाल, मेड इन नेपालको” अभियान मार्फत नेपाली सामाग्री अन्तरराष्ट्रिय बजारमा पुर्याउन चाल्नु पर्ने कदमका बारेमा छलफल गर्न समितिले कार्यक्रमको आयोजना गरेको हो ।

सोमबार भएको अन्तर्कृयामा सहभागिहरुले प्राकृतिकरुपमा सन्कलन र उत्पादन गर्न सकिने र बाताबरणिय प्रभाबले स्विकार्य हुन सक्ने नेपाली उत्पादनलाई विश्वबजारको बर्तमान अवस्था अनुसार प्रतिस्पर्धी बनाउन एनआरएनले योगदान गर्न सक्ने धारणा राख्नु भएको थियो । बिदेशी ग्राहकहरुलाई नेपाली समानको चिनारी र महत्व बुझाउने अभियान संगै एनआरएनहरुका ब्यबसाय र घरका भान्सामा नेपाली उत्पादन प्रयोग गर्न सुझाब दिईएको थियो ।


कार्यक्रमका बिशिष्ठ अतिथि बेनेलक्स एबम युरोपियन युनियनका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले नेपाली उत्पादनलाई युरोप आयातका लागि धेरै किसिमका सहुलियत प्राप्त रहेकोले त्यसको फाईदा लिदै नेपाली सामाग्रिको प्रबर्धन गर्न सकिने बताउनु भयो । उहाले बिदेशमा बस्ने नेपालीहरुले आफुले प्रयोग गर्ने समानमा नेपाली समानलाई समाबेश गर्न र अरुलाई पनि प्रोत्साहित गर्नका लागि सुझाब दिनु भयो ।


स्पेनका लागि महामहिम राजदुत शर्मिला पराजुली ढकालले एनआरएनले नेपाली समानलाई अन्तरराष्ट्रिय स्तरमा चिनाउन गरेको योगदान प्रति धन्यबाद दिदै सामुहिक प्रयासलाई अझ घनिभुत बनाउनु पर्ने बताउनु भयो । नेपाली ब्यबसायी र एनआरएनले युरोपमा नेपाली सामाग्री प्रबर्धन गर्न गर्ने कार्यक्रमहरुमा दुताबासले सधैं सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

एनआरएनए अध्यक्ष बद्री केसीले विश्व बजारमा नेपाली सामाग्री पुर्‍याउन समस्याहरु रहे पनि एनआरएनए , एफएनसिसीआई, नेपाल सरकार मिलेर सामुहिक प्रयास गरे धेरै काम गर्न सकिने बताउनु भयो । केसीले नेपालको आफ्नै उत्पादन बारकोड नहुँदा ने^पाली समान चिनाउन गाह्रो भएकोले त्यसको लागि आइक्यान सँग पहल गर्न आबस्यक छ भन्दै अन्य सुबिधालाई सहजिकरणका लागि पनि कार्य गर्न नेपाली सामाग्री प्रबर्धन समितिलाई सुझाब दिनु भयो ।


एनआरएनए कार्यकारी अध्यक्ष रबिना थापाले संसारका धेरै शहरहरुमा नेपाली रेस्टुरेन्टहरुले नेपाली खाना र नेपालीपनको प्रचार र प्रबर्धन गरीरहेकाछन भन्दै नेपालले आफ्नो धनि सांस्कृतिक पारिकार र पहिचानलाई बजारिकरण गर्नको लागि एनआरएनए नेटवर्कलाई प्रयोग गर्नको आबस्यक कदम चाल्न आबस्यक रहेको बताउनु भयो ।

नेपालका प्रतिष्ठित उध्योगपति राजेन्द्र खेतान ब्यक्तिगत रुपमा नेपालबाट नेपाली सामान निर्यात गर्दा महँगो हुने हुँदा एनआरएनए , एफएनसिसिआई, हस्तकला संघ लगायतको सामुहिक प्रयास भए सहज् हुने र फरक फरक महादेशमा नेपाली सामाग्रीको गोदाम र बितरण स्थल बनाउन प्रयास गरिनु पर्ने सुझाब दिनु भयो ।

एनआरएनए उपाध्यक्ष एबम समितिका अध्यक्ष धर्मराज अधिकारी, एनआरएनएका उपमहासचिब रामशरण सिंखडा, सचिब गंगाधर गौतम, कोषाध्यक्ष फणिन्द्र पन्त, प्रबक्ता शिव बरुवाल र सोम सापकोटा, युरोप सन्योजक सन्तोष भट्टराई, एनसिसी अध्यक्षहरु, खड्क केसी बेल्जियम , बिनोद कार्की आयरल्यान्ड, सालिकराम डुम्रे स्पेन, नेपाल हस्तकला संघका सदस्य मिलनबीर मालाकार, एनसिसी बेल्जियम सदस्य रुबिना शर्मा लगायतले नेपाली समान अन्तरराष्ट्रिय बजारमा पुर्‍याउन अपनाउनु पर्ने बिधी प्रकृया , कठिनाई र समाधानका बारेमा सुझाब राख्नु भएको थियो ।

त्यसै गरि नेपाली समानको ब्यबसाय गरि रहनु भएका ब्यबसायीहरु रजनी प्रधान बेल्जियम, महिन्दो वाइबा बेल्जियम, अर्जुन गौतम इटली, दीपक कार्की बेलायत, तेज प्रकाश पुन हङकङले आफ्ना अनुभब सुनाउनु भएको थियो ।

एनआरएनए सचिब एबम समितिका सन्योजक राधिका गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन समितिका युरोप क्षेत्रका सन्योजक एबम एनसिसी बेल्जियम उपाध्यक्ष तिर्थ धमलाले गर्नु भएको थियो ।

एनआरएनएको नेपाली सामाग्री प्रबर्धन समितिले, बिदेशमा रहेका नेपालीहरुको भान्सामा नेपाली उत्पादन प्रयोग गर्न प्रोत्साहित गर्ने, एनसिसीहरु सँग सहकार्य गरेर प्रबर्धनका लागि बिबिध कार्यक्रमहरु गर्ने, नेपाल सरकार सँग निकासी सम्बन्धी कानुन सरलिकरण गर्ने, यस् खाले अन्तर्कृयालाई निरन्तरता दिने निस्कर्ष निकालेकोछ ।

Leave A Reply

Your email address will not be published.