तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा रामचन्द्र पौडेल निर्वाचित

0

तनहुँ : तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

पौडेले २५ हजार ३१८ मत ल्‍याएर निर्वाचित भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार ९४३ मत ल्याए । रानालाई झण्डै ६ हजार मतान्तरले हराउँदै पौडेल निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८७८, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ३२ र राप्रपाका विनोद घर्तीले २ हजार ४८३ मत ल्याए ।

Leave A Reply

Your email address will not be published.