झापा-५ मा २८ हजार मतान्तरसहित केपी ओली निर्वाचित

0

झापा : झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । ओलीले ५१ हजार ६१९ मत पाएका छन् । 

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार २३१ मत पाएका छन् । ओली अधिकारी भन्दा २८ हजार ३८८ को मतान्तर कायम गर्दै निर्वाचित भएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ७३१ मत पाएका छन् ।

Leave A Reply

Your email address will not be published.