काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि भइरहेको मतदानमा हालसम्म ३२ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगले दिउँसो १२ : ४५ बजेसम्म देशभर ३२ प्रतिशत मत खसेको जानकारी दिएको छ ।
आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ३२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको गरेको जानकारी दिए ।
यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए ।