राष्ट्रिय एकताको आधारलाई बलियो बनाउन मेरो उम्मेदवारी – अर्जुन शाह

0
स्वतन्त्र उम्मेदवार अर्जुन शाह

आसन्न मंसिर ४ गते हुने चुनावमा बाके  क्षेत्र नम्बर १ (ख) बाट स्वतन्त्र  उम्मेदवारी दिएका अर्जुन शाहले हिन्दु धर्म र राष्ट्रिय एकताको बिसयलाई अग्रपंक्तिमा राखेर चुनावमा होमिएको बताउनु भएको छ।

पछिल्लो समय देशमा मौलाएको सामाजिक, सांस्कृतिक र राजनीतिक विभेदलाई जरैदेखि हटाउनको लागि देशभक्त, सक्षम र जागरुक मतदाताको चाहना र आवाजलाई बोकेर चुनावी मैदानमा उत्रिएको समेत प्रष्ट्याउनु भयो।
मुख्य कुरा देश बलियो हुनको लागि हामी-हामिबिच एकता हुन जरुरी छ। अनिमात्र हाम्रो धर्म संस्कृतिको जगेर्ना संगै राष्ट्रको  गौरव बढ्ने छ। राजनीतिक दलहरुले आफ्नो सिमित स्वार्थको लागि जनताहरुलाई एकाआपसमा लडाउने, भिडाउने कार्य गरिरहेका छन। अब
जनता सचेत भैसकेको र  विभिन्न शिक्षित, बौद्धिक व्यतित्वहरुले परिवर्तन खोजिरहनु भएको छ।

बाके १ ख ले  सक्षम नेतृत्व नपाउदा हामी सम्पुर्ण बाके १ ख का जनताहरुले बर्षौदेखि दुख पाउदै आएका छौ। अबको नेतृत्व युवाको नेतृत्व हुने , युवाहरूको आवाज सुन्न अनि बोल्न सक्ने हुनेछ र पुराना पार्टीहरुले देशलाई बिसौ बर्ष पछाडि पारेको समेत आरोप शाहले लगाउनु भएको छ।

Leave A Reply

Your email address will not be published.