रुपन्देही : रुपन्देहीको देवदह नगरपालिकामा एक दम्पती मृत अवस्थामा फेला परेका छन् ।
देवदह– ५ पाल्पाली टोलमा आफ्नै घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी पत्नी ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा भेटिएको हुन् ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पंखामा झुण्डिएको अवस्थामा रहेको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।