नारायणी नदीमा डुंगा पल्टिँदा ३ जनाको मृत्यु, २ जना घाइते

0

नवलपरासी : पश्चिम नवलपरासीको सुस्तामा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । 

सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा डुंगा दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार डुंगा दुर्घटनामा परी सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो । 

दुर्घटनामा परी २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.