दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

0

काठमाडौं : दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ ।

बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो ।

बैठकले दशौं राष्ट्रिय खेलकुद वि.सं. २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.