सन्दीपलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

0

काठमाडौंः जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धानका गर्न चार दिनको म्याद थप गरेको छ ।

प्रहरीले आज लामिछानेविरुद्ध अनुसन्धान जारी रहेको उल्लेख गर्दै पुनः सात दिनको म्याद दिन अदालतसमक्ष आग्रह गरे पनि अदालतले चार दिनको म्याद मात्र थप गरेको छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.