काठमाडौं : कालीकोटमा मलामी गएका १३ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३ जना बेपत्ता भएका हुन् ।
शनिबार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन् । मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।
आइतबार तिला नदी किनारमा शव जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो ।
वडाअध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएकाे खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।