काठमाडौं : हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर ५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।