काठमाडौं : नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार बिहान काठमाडौंको काँडाघारीमा रहेकाे आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । घरकै बाथरुममा लडेर उनकाे निधन भएकाे हाे ।
परिवारका अरू सदस्य बर्दिवास गएकाले उनी घरमा एक्लै थिए ।
तत्कालीन नेकपा विभाजित भएपछि ढुंगेल एमालेमै बसेका थिए । उनी एमालेकाे पोलिटब्युराे सदस्य पनि हुन् ।
तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा उनी दुई पटक गरी झन्डै सात वर्ष जेल बसेका थिए ।