अर्जुन र अमृताको गीत “पाटको नेती काठैको मदानी” सार्वजनिक,

0

गायिका अमृता लामिछानेको प्रस्तुती तथा दि डिभाइन म्युजिक र नेप्सिनेको सहकार्यमा बनेको म्युजिक भिडियो “पाटको नेती काठैको मदानी” सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भिडियो सार्वजनिक भएको हो ।

दिनेशराज पुरीको शब्द रचना रहेको यस गीतमा अर्जुन पोखरेल र अमृता लामिछानेको स्वर रहेको छ । विधान कार्कीले निर्देशन् गरेको भिडियोमा कलाकारहरु चक्र बम, उषा उप्रेती, सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । सङ्गित पनि पोख्रेलको रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायक तथा संगीतकार पोखरेलले निर्देशक कार्कीले बनाएका यसअघिका आफ्ना ‘नबोली नबोली’ लगायतका अन्य गीतहरु सुपरहिट रहिसकेको स्मरण गर्दै यो गीतले पनि त्यस्तै सफलता पाउने बिश्वास व्यक्त गरे । उनले गायिका लामिछानेको स्वरमा आफ्नै स्वरले न्याय दिन सक्ने ठानेर आफैले गाएको बताए ।

भिडियो निर्देशक कार्कीले दशैँको शुभकामना स्वरुप यो गीत सार्वजनिक गरेको बताए । यस पटकको विजया दशमी ‘पाटको नेती काठैको मदानी’ गीतले उल्लासमय बनाउने बिश्वास उनले लिए । कार्यक्रममा बोल्दै कलाकारहरुले सबै नेपालीलाई दशैँको शुभकामना व्यक्त गरेका थिए ।

भिडियोका कोरियोग्राफर दिपक एम. सिंह हुन् भने अशिम रानाभाटको कस्ट्युम डिजाईन र दिपेन गौतमको प्रोडक्शन डिजाईन रहेको छ । दिपेन्द्र कार्की पिआर म्यानेजर रहेका छन् भने मनिषा पोखरेल कला निर्देशक हुन् । भिडियोमा केशव पाण्डेको स्टिल फोटोग्राफी, हरि हुमागाईंको छायांकन, बिकास दाहालको सम्पादन रहेको छ ।

(25) PAT KO NETI KATHAIKO MADANI | Sudhir | Chakra | Usha | Bina | Arjun | Amrita | Nepali Dancing Song – YouTube

Leave A Reply

Your email address will not be published.