काठमाडौं : उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिरोमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिरोमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ ।
दुई जनालाई तेस्रो आधार शिविरबाट उद्धार गरी पहिलो आधार शिविरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
अन्य बेपत्ता भएकाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिलो आधार शिविरबाट विभिन्न चार एजेन्सीमार्फत १३ जना तेस्रो आधार शिविरतर्फ गएकाले उनीहरु सबै पहिरोमा परेको हुनसक्ने आङ्शका गरिएको छ । मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान हिमपहिरो गएको हो ।
गोरखा प्रहरीका अनुसार शनिबारसम्म मात्रै पनि मनास्लु हिमाल चढ्न गएका तीन सय ३३ विदेशी पर्यटक आधार शिविर पुगिसकेका छन् । प्रहरीका अनुसार हिम पहिरोका कारण १ जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता छन् ।