एनआरएनए युरोपको १४ औ बैठक स्विडेनको स्टकहोममा सुरु

0

एनआरएनए १४औ युरोपियन क्षेत्रीय बैठक स्वीडेनको स्टकहोममा सुरु भएकोछ, शनिबारबाट सुरु भएको २ दिने बैठकको श्रम मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बाती बालेर संयुक्त रुपमा उद्घाटन गर्नु भयो ।

शनिबार प्रबiसको युबा दोश्रो पुस्तालाई नेपाल सँग जोड्ने अभिप्रायले युबा सम्मेलन गर्नेछ । त्यसै गरि एनआरएनए राष्ट्रिय समितीहरुका आबस्यकताहरु र उनिहरुलाई सक्षम बनाउनका लागी चाल्नु पर्ने कदमको बारेमा बिशेष छलफल हुनेछ।

“एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी” को नारामा हुँदै गरेको बैठकमा बिदेशमा बढ्दै गैरहेको नेपाली आप्रबासी कामदारको हक हित र उनीहरुको ब्रित्तिबिकास एनआरएनए खेल्नु पर्ने भूमिका बैठकलाई युरोप क्षेत्रिय सन्योजक सन्तोष भट्टराई, सचिब गंगाधर गौतम, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दी सुबेदी, स्विटजर्ल्यान्ड अध्यक्ष शुभ एलमार लामा, मध्यपुर्ब सन्योजक मनोज गोर्खाली, उपमहासचिब रामशरण सिन्खडा, क्यानडा अध्यक्ष दिपक गौतम, एनआरएनए बेल्जियम सदस्य रुबिना शर्मा,केन्द्रिय उपाध्यक्षहरु नारायण आचार्य, आरके शर्मा, दुर्गा अाचार्य, अर्थमन्त्रालयका सहसचिब राजेशवर ज्ञवाली , नेपाल उध्योग बाणिज्य महासंघका बरीष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी, लगायतले शुभकामना मन्तब्य दिदै बैठकको सफलताको शुभकामना दिनु भएको थियो ।


कार्यक्रममा स्विडेनका कलाकार ले स्वागत न्रित्य प्रस्तुत गर्नु भएको थियो ।

एनआरएनए स्विडेनका अध्यक्ष राजकुमार पाठकले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । एनआरएनए युरोप सन्योजक चिन्तामणी सापकोटाको सभापतित्वमा भएको उद्घाटन समारोहको सन्चालन उपसन्योजक दयानिधी सापकोटा र नबराज रोशार्‍याले सन्चालन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.