नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सार्वजनिक

0

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ ट्रफी सार्वजनिक गरिएको छ । 

राष्ट्रिय खेलकुद परिषद् राखेपले आजप्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् । 

ट्रफीलाई नेपाली खेलकुदका चर्चित र सफल खेलाडीबाट नेपालभर प्रर्दशनीमा राख्ने राखेपले जनाएको छ ।

ट्रफी सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदको बिकासमा सरकार प्रतिवद्ध रहेको भन्दै खेलकुद विश्वविद्यालय स्थापनाका लागि सरकार सकारात्मक रहेको बताए । उनले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने समेत बताए ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले ट्रफीलाई यसपटक रचनात्मक ढंगले फरक बनाइएको र ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागिय टोलीमा पुर्‍याइने जानकारी दिए ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछ ।

Leave A Reply

Your email address will not be published.