आभास

0

अच्युतराज ढकाल,

एक धर्को सिन्दुर प्रीयतमको जीवन सम्झी
साँचिदिनु
सोर्ह श्रृङ्गारले सजिएर चन्द्रमा जस्तै तिमी
यो मनमा उज्यालो छरीदिनु
लगाएको माया अझम्बरी बनाउन
यो मनमा हमेसा मीठो मायाको
आभास दिलाइ दिनु।

खडेरीमा बर्षा बनी झरिदिनु
अधेरीमा जूनेलीको उज्यालो छरीदिनु
मायाको बेसहारालाई मायाको सहारा दिनु
सबैको प्रिय भइ मायाले हृदय हृदयमा।

तिम्रो ती चंचलतामा पनि आवाज मेरा लागि
गितारको झन्कार जस्तै प्यारो लाग्छ
तिम्रो ती धड्कन सौर्न्दर्य अनि तिम्रो माया

मेरा लागि सदाको लागि मेरा लागि

सिर्जित भएको जस्तो लाग्छ
हराएको मेरा मनका रहर
आज भोलि तिम्रो मायाले
यो मनमा उमंग उजागर भएको छ
माया प्रीति के हो तिम्रा खुसीले
यो मन मुटुमा बसेको छ
तिम्रो एक धर्को त्यो सिन्दुरमा
परिभाषित गरिदिउझैं सिंगो जीवनको।।

मेरि उनि

Leave A Reply

Your email address will not be published.