प्रचण्डको दाबी- आगामी निर्वाचनमा माओवादी पहिलो कम्युनिष्ट पार्टी बन्छ

0

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । 

आज पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले नेकपा माओवादीलाई नै जनताले देशको चाबी सुम्पिन चाहेको बताएका हुन् । 

अध्यक्ष दाहालले पार्टी भित्रको व्यवस्थापनलाई राम्रोसँग मिलाउनसके निर्वाचनमा माओवादी नै पहिलो कम्युनिष्ट पार्टी बन्ने उल्लेख गरे ।

अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचनबाट देशवासीले देशको राजनीतिक कता लैजाने भन्ने कुराको निर्णय गर्न माओवादीलाई रोजेको स्पष्ट भएको बताए । 

माओवादी पार्टी कमजोर भए कुनैपनि बेला संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धि उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका अध्यक्ष दाहालको छ । 

अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्र लाई वैचारिक ढंगले परिमार्जन गर्न आवश्यक रहेको पनि बताए ।

पार्टी भित्रका सम्बन्धलाई सहज बनाउने र जनसम्बन्धलाई पनि घनिष्ट बनाउने कुरामा पार्टी लाग्नुपर्ने आवश्यक्ता रहेको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.