दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता १० जनाको अवस्था अझै अज्ञात

0

दार्चुला : दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै पत्ता लागेको छैन । 

घटना भएको पाँच दिनसम्म पनि उनीहरुको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । 

शुक्रबार राति अविरल वर्षाले जिल्लाको नौगाड गाउँपालिका–२ सल्ला गाउँमा ठुलो क्षति पुर्‍याएको थियो । बाढी र पहिरोमा परेर पाँच जनाले ज्यान गुमाएका थिए भने १० जना बेपत्ता भएका थिए । 

बेपत्ताहरूको अहिले पनि खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ । लास्कु खोलाले बगाएका उनीहरूलाई प्रहरीले अहिले महाकाली क्षेत्रमा खोजि गरिरहेको छ । 

लास्कु खोला महाकालीमा मिसिने भएका कारण खोजी महाकालीमा बढी केन्द्रित भएको हो । बाढीबाट ४२ घर पूर्ण क्षति भएका छन् । नौ वटा घरमा आंशिक क्षति पुगेको छ । 

अहिले पनि ४० घर जोखिममा रहेको प्रहरीले जनाएको छ । बाढीले दुई झोलुंगे र बन्दै गरेको एउटा पक्की पुलपनि बगाएको छ ।

Leave A Reply

Your email address will not be published.