असन र इन्द्रचोकस्थित मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम

0

काठमाडौंः काठमाडौं महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रमा सञ्चालन भइरहेका पसल हटाउन निर्देशन दिएको छ ।

मन्दिर तथा सम्पदा क्षेत्रमा अवैध रुपमा सञ्चालन भइरहेको पसल हटाउने अभियानको थालनी गरेको महानगरले इन्द्रचोक र असनका मन्दिर क्षेत्रका पसल हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

मापदण्ड विपरीत अनधिकृत रुपमा राखिएका डिजिटल होर्डिङ बोर्ड हटाइरहेको महानगरले सम्पदा तथा मन्दिर क्षेत्र ओगटेर सञ्चालन भइरहेका पसल हटाउने भएको हो ।

काठमाडौं महानगरपालिका–२५ नम्बर वडा कार्यालयले एक सूचना जारी गर्दै इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर वरिपरिको खास्तो व्यापार, भेडा स्थित श्री भवानी शंकर मन्दिर क्षेत्रमा नौदेबल (माटोको भाँडा कुँडा) लगायत अन्य व्यापार व्यवसाय हटाउन निर्देशन दिएको हो ।

वडा नम्बर २५ अध्यक्ष राजेश शाक्यका अनुसार असनस्थित ट्रान्सफर्मर मुनि, उमा शंकर मन्दिरको दायाँ–बायाँ (दूध डेरी) मा रहेका पसलहरु हटाउन निर्देशन दिएको हो ।

Leave A Reply

Your email address will not be published.