मेयर बालेनले सार्वजनिक गरे कार्यकालको १०० दिनका ‘मन छोएका’ ६ सन्दर्भ

0

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कार्यकाल १ सय दिन पुगेको अवसरमा आफूलाई मनमा छोएका केही सन्दर्भहरु भन्दै सार्वजनिक गरेका छन् । आइतबार बिहान उनले विभिन्न ६ बुँदाहरु सार्वजनिक गरेका छन् ।

उनले१०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैंले मूल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने भयो भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन् । 

आफूहरुले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेको र त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरुलाई फरक पार्ने उनको भनाइ छ । 

मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुने  अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूची बनाउँदैमा सफल हुन नसकिने उनको भनाइ छ । 

‘यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ’ उनले भनेका छन् । 

Leave A Reply

Your email address will not be published.