माया

0
अच्युतराज ढकाल

माया तिमीमा पनि छ
माया ममा पनि छ अनि उनिहरूमा छ
सारा जगतमा माया छ।

भलै समीप नभएपनी
दुवैको अनुभुतिमा आभासमा छ
धैर्यताको सिमा र दायरामामा रहेर
समयको बक्र रेखामा मायाको विरुवा
हुर्काउनु छ।

अनेकौं अघ्यारा हटाएर
फेरि पनि मायाको नाममा दियो बाल्नु छ
तिमी म अनि सबैमा करुणा जगाउनु छ
शान्त मन शान्त हृदय स्थिर सोचले
बुद्धको पाइला पछ्याउँदै,


सारा जगतमा सदाका लागि शान्ति छाउनु छ
फालेर कुण्ठा मनका
मात्र सद्भावमा रहेर फेरि पनि
प्रेम र शान्तिको नाममा परेवा उडाउनु छ।।

Leave A Reply

Your email address will not be published.