युवा नेता पौडेलले गरे चितवन – २ प्रदेश (ख) बाट उम्मेद्बारी दिने घोषणा,

0


चितवन भदौ ११ ,

सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेसँगै नेताहरु टिकटको ‘लभिङ’ गर्न सुरु गरेका छन्। कतै स्वतन्त्र उम्मेदवारी दिने त कतै पार्टीले आफूलाई नै टिकट दिने दावी गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन्।

यस्तै चितवन जिल्ला नेपाली कांग्रेसका युवानेता निर्मल राज पौडेलले पनि आफूले उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले चितवन निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश (ख)बाट उम्मेदवारी दिने बताएका छन्। यो पटक आफूले नै चुनावमा भागलिने दावी गर्दै सामाजिक सञ्जाल मार्फत उम्मेदवारी दिने घोषणा गरेका हुन्।

पढाइमा एमफिल गरिसकेका पौडेल आफु बलियो उम्मेदवार रहेको बताउछन। जीवन नै समाज सेवा र देशको लोकतन्त्रकालागि समर्पित गर्छु भनेर राजनीतिमा लागेको हुँ। त्यसकारण पनि पार्टीले न्याय गर्छ भन्ने विश्वास छ।’ पौडेलले भने ‘अबको नेतृत्व भनेको अग्रजलाई सम्मान गर्दै युवालाई नेतृत्व हस्तान्तरण गर्नु पर्ने अवस्था पनि आएको छ। त्यसकारण मैले उम्मेदवारी दिने घोषणा गरेको हुँ। र मलाई पार्टीले न्याय गर्छ भन्नेमा विश्वस्त छु।’ उनले आफूलाई पार्टीले टिकट दिए निर्वाचन जित्ने समेत बताए।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट पार्टी राजनीतिमा होमिएका पौडेल २०५२ सालदेखि निरन्तर सक्रिय राजनितिमा छन । मैले डेढ दसक भन्दा लामो समय देखि विद्यार्थी राजनीति गर्दै पौडेलले भने ‘विभिन्न पदमा रहेर हाम्रो महत्त्वपूर्ण भुमिका निर्वाह गरिसकेको छु’। नेपाल विद्यार्थी संगको एकाई उपसभापति देखि नेबिसंको केन्द्रिय सदस्य हुँदै त्रिभुवन बिश्वबिद्धालयको विभागीय अध्यक्ष समेत रहेर आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन।

जागिर छोडेर राजतितिमा होमिएका युबा नेता पौडेल डेढ दशक भन्दा बढीको राजनीति अनुभव गरिसकेका छन भने राजनीति शिक्षित युवाको नेतृत्वमा हुनुपर्ने बताउछन।

Leave A Reply

Your email address will not be published.