प्रधानमन्त्री देउवाले गरे बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् । 

प्रधानमन्त्री देउवा आज सेनाको हेलिकोप्टरमार्फत बुटवल पुगेर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा प्रधानमन्त्रीसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री बालकृष्ण खाण, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्री सहभागी भएका थिए । 

बुटवल उपमहानगरपालिका–१० रामनगरस्थित बुटवल मण्डपको कुल १६ बिघा जग्गा मध्ये ९ बिघा जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइएको हो । सम्मेलन केन्द्रको मुख्य हल १ हजार सिट क्षमताको छ । 

त्यसबाहेक मिटिङ हल, गोष्ठी, सेमिनारका लागि अन्य १२ वटा विभिन्न प्रकारका हल बनाइएको छ । मुख्य हल सहित सबै हलको कूल क्षमता २७ सय सिट छ । 

सम्मेलन केन्द्रका लागि ५ वटा प्रवेशद्वार रहेका छन् । दुई चरणमा गरेर १ अर्ब ११ करोड रुपैयाँको लागतमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तयार भएको हो । 

सम्मेलन केन्द्रको प्राङ्गणमा ४ सय वटा चारचक्के गाडी र ४ सय वटा मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । 

केन्द्र परिसरमा एउटा हेलिप्याडसहित ४ वटा सन्ध्याकालीन पोखरी रहेका छन् । सभाहल निर्माणका लागि दुई चरणमा काम सक्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको थियो ।

Leave A Reply

Your email address will not be published.