आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

0

काठमाडौं : पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने खानेकुरा, लत्ताकपडालगायतका सामग्री दिँदै सम्मान गर्ने प्रचलन रहेको छ ।

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ ।

महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । औंसीका दिन आफूलाई कर्म दिने पतिाको मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गर्दछन् ।

पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउनुका साथै विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ ।

औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्ने प्रचलन छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।

आजकै दिन विधिपूर्वक कुश उखेलेर घरमा भित्र्याउने पर्व भएकोले यस तिथिलाई कुशे औंशी पनि भन्ने गरिएको छ ।

Leave A Reply

Your email address will not be published.