महाअभियोग समितिले माग्यो जबराविरूद्धका प्रमाण

0

काठमाडौं : संघीय संसद प्रतिनिधि सभा महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन आग्रह गरेको छ । 

संघीय संसदले आज सार्वजनिक सूचना जारी गर्दै तीन दिनभित्र समितिमा आइपुग्ने गरी राणविरुद्ध कुनै प्रमाण, कागजात तथा जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको हो । 

सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र समितिमा आइपुग्ने गरी पठाउन समितिले आग्रह गरेको छ । 

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश राणालाई बयानका लागि भदौ १५ गते बोलाएको छ । 

राणाविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएपछि उनको पद निलम्बनमा परेको छ । 

साउन २२ गते बसेको प्रतिनिधिसभा बैठकले जवराविरुद्धको महाभियोगलाई सिफारिस समितिमा पठाएको थियो । 

समितिले बढिमा तीन महिनाभित्र महाअभियोगको विषय टुग्याउनुपर्नेछ ।

Leave A Reply

Your email address will not be published.