जबराविरुद्धको महाभियोग प्रस्तावमा आजबाट समितिमा छलफल हुने

0

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि आजदेखि अध्ययन शुरु हुने भएको छ ।

प्रतिनिधिसभाबाट महाभियोग प्रस्ताव समितिमा आएको पाँच दिनपछि समितिको पहिलो बैठक बस्न लागेको हो ।

पहिलो बैठकमा आन्तरिक कार्यविधि बनाउने र संयोजक चयन गर्ने तयारी छ ।

संसदमा सत्तारुढ नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादीले २०७८ फागुन एक गते जबराविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता गराएका थिए ।

प्रस्तावमाथि छलफल गर्न प्रतिनिधि सभाले फागुन २२ मा महाभियोग सिफारिस समिति बनाएको थियो । सो प्रस्ताव गत २२ गते प्रतिनिधि सभाले महाभियोग सिफारिस समितिमामा पठाएको थियो ।

समितिले बढीमा तीन महिनामा छानविन टुंग्याउनुपर्ने हुन्छ । तर प्रतिनिधिसभाका लागि असोज २३ गते मनोनयन दर्ता भएकाले त्यसअघि नै काम सक्नुपर्ने बाध्यता छ ।

महाभियोग सिफारिस समितिको सिफारिससहितको प्रतिवेदन प्रतिनिधिसभामा त्यसअघि नै निर्णयार्थ पेश गर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.