एनआरएनएका तीन कोषाध्यक्षको प्रतिबद्धता- आर्थिक पारदर्शिता र संस्थाको दीर्घकालिन आयश्रोतको ब्यबस्था गर्छौ,

0

गैर आबासीय नेपाली संघका तिनै जना कोषाध्यक्षहरुले संस्थाको स्थायि आयश्रोतको ब्यबस्था र आयब्ययको पारदर्शी अभिलेखिकरणका लागि सकृय र इमान्दारिता पुर्बक काम गरी रहेको बताएकाछन । गैर आबासीय नेपाली संघ बेल्जियमले संघका उपाध्यक्ष नारायण आचार्य र कोषाध्यक्षहरु सुनिल शाह र फनिन्द्र पन्तको सम्मानमा आयोजना गरेको कार्यक्रममा बेल्जियम निवासी कोषाध्यक्ष लोक दाहाल सहित भएर उक्त दाबी गरेका हुन ।

एनआरएनएका हरेक पंजिक्रित सदस्यहरुले हेर्न मिल्ने गरि प्रत्यैक महिना संस्थाको आयब्यय राखिने ब्यबस्था गरेको र पुरानो बेरुजु र संस्थालाई दिन्छु भनेर बोलेको रकम उठाउन कडा पहल गरि रहेको बताएकाछन । बिगतमा दुई अधिबेशनमा वार्षिक प्रतिबेदन राम्रो छलफल र सुझाबहरु पाउन नसकेको, धेरै हिसाब र कोषमा अन्योल रहेकोले त्यसको स्थायी निराकरणका लागि काम गरिरहेको उनीहरुको भनाई छ ।

युरोप भ्रमणमा रहेका संघका कोषाध्यक्ष सुनिल शाहले एनसीसी बेल्जियमलाई आतिथ्यताका लागि धन्यवाद दिदै संस्थामा रहेका केही बिमतीहरुलाई सम्बोधन गरेर प्रबासको नेपाली समुदायलाई एकत्ताबद्ध बनाउन ढिला गर्न नहुने बताउनु भएकोछ । शाहले विश्वमा रहेका करीब ६० लाख नेपालीहरुको लागि एनआरएनए जस्तो संगठन आबस्यक रहेकोले यसमा रहेका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुनै सबैको हितमा हुने बताउनु भएकोछ । एनआरएनएको लामो समय देखिको माग गैर आबासीय नेपाली नागरिकताको लागि बिध्ययक पारित भएको र अन्य दायित्व र अधिकारका लागि नेपाल सरकारसँग सहकार्य गरेर एनआरएनएले काम गर्ने बताउनु भयो ।

त्यसै गरि अर्का कोषाध्यक्ष फनिन्द्र पन्तले एनआरएन अभियानलाई देशको सम्ब्रिद्धिका लागि प्रयोग गर्नु पर्ने बताउदै संस्थागत बिकासका आर्थिक पारदर्शिता महत्वपूर्ण हुने र त्यसका लागि आफुले काम गर्ने बताउने भयो । पन्तले संगठनको आन्तरिक लेखा प्रणाली ब्यबस्थित र पारदर्शी बनाउने, प्रबिधिको प्रयोग गरेर आयब्यय विवरणन पन्जिक्रित सदस्यहरुको पहुचमा राख्ने ब्यबस्था गरिने बताउनु भयो ।

एनआरएनए उपाध्यक्ष नारायण आचार्यले एनआरएन नागरिकता बिध्ययक पारित् गरेकोमा नेपाल सरकार र संसदलाई धन्यवाद दिदै प्रबासका नेपालीले मात्रिभुमी प्रतिको आफ्नो जिम्मेवारिलाई बिर्सन नसकिने बताउनु भयो । संगठन ठुलो हुँदै जादा ब्यबस्थापनमा चुनौती भए पनि संसार भरिका नेपालीहरुको एकेबद्धताले एनआरएन अभियान सबल बन्दै गएको बताउदै सङ्गठनको मुलधार भन्दा बाहिर रहेका साथीहरु ११ औ अधिबेशन अगाडिनै संगठनमा जोडीने बातावरण बनिरहेकोछ भन्नु भयो । आचार्यले एनआरएन अभियानलाई नेत्रित्व गर्ने अग्रजहरुलाई सम्झिदै आगामी दिनमा संगठनको गरिमा बढाउने कार्यक्रम गरिनेछ भन्नु भयो ।

बेल्जियम निवासी एनआरएनएका सचिब गंगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल र युरोप उपसन्योजक चित्र सुबेदीले स्वागत र सम्म्मानका लागि एनआरएनए बेल्जियमलाई धन्यबाद दिदै सहकर्मि एनआरएनए पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।

सोही अबसरमा सांग्रिला समाज बेल्जियमले आयोजना गरेको नेपालका प्रसिद्ध गायक यम बरालको सांगीतिक कार्यक्रमका लागि आएका गायक बराललाई पनि एनआरएनए बेल्जियमले सम्मान गरेको थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीको सभापतित्वमा भएको कार्यक्रमको संचालन उपाध्यक्ष तिर्थ धमलाले गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए आईसिसी सदस्य गंगा शर्मा, नेपाली जनसंपर्क समिती बेल्जियमका सभापति पूर्ण तिमिल्सिना, बाग्लुङ समाज बेल्जियमका अध्यक्ष महेन्द्र पन्त, अन्तरराष्ट्रिय पर्बत समाजका अध्यक्ष झलक केसी लगायत ब्बिभिन्न संघ सस्न्थाका प्रतिनिधि र एनआरएनहरुको उपस्तिथी थियो ।

Leave A Reply

Your email address will not be published.