असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँको बिजुली भारत निर्यात

0

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले पछिल्लो डेढ महिनामा पौने ४ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेचेको छ । 

प्राधिकरणले असार मसान्तसम्म ३ अर्ब ७८ करोड १७ लाख रुपैयाँ बराबरको ४७ करोड २५ लाख युनिट बिजुली भारतलाई बेचेको हो । 

प्राधिकरणले गत जेठ १९ देखि भारतलाई विद्युत बेच्न थालेको हो । 

गत वर्ष त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाको मात्रै बिजुली भारतले किनेको थियो । 

यस वर्ष थप मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, कालीगण्डकी र लिखुसमेत गरी कुल ३ सय ६४ मेगावाट बिजुली भारतमा बिक्री भैरहेको छ । 

अहिले नेपालले दैनिक विद्युत् बजारको अवधारणामा इन्डियन इनर्जी एक्सचेन्ज ‘आईईएक्स’मा बिजुली बेचिरहेको छ । 

प्राधिकरणले चालु आर्थिक वर्षमा करिब ५ अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यातको प्रक्षेपण राखेको छ  ।

Leave A Reply

Your email address will not be published.