कोभिडविरुद्धको खोप कार्यक्रम सुस्त गतिमा, करिब डेढ लाख मात्रा खोप खेर गयो

0

काठमाडौं : खोप कार्यक्रम सुस्त बन्दा करिब डेढ लाख मात्रा खोप खेर गएको छ । कोरोना संक्रमण केही दिनयता उकालो लाग्ने क्रममा भएपनि समयमा खोप कार्यक्रम सञ्चालन नगर्दा कोभिसिल्ड खोपको म्याद शनिबार सकिएको हो ।

काठमाडौंमा ८५ हजार एक सय २० मात्रा, प्रदेश एक मा ११ हजार, हेटौंडा कोल्ड चेन स्टोरमा ३६ हजार, टेकुको कोल्ड चेन स्टोरमा १९ हजार ४ सय ८० र गण्डकी प्रदेशमा दुई हजार पाँच सय ७० कोभिसिल्ड खोपको म्याद सकिएको हो ।

नेपालले हालसम्म एक करोड ८३ लाख ८७ हजार छ सय मात्रा खोप खरिद गरेको छ भने कोभ्याक्स र अनुदानबाट चार करोड पाँच लाख चार हजार तीन सय ७० मात्रा प्राप्त गरेको छ ।

कुल पाँच करोड ८८ लाख ९१ हजार ९ सय ७० मात्रा नेपाल आएकामा ४ करोड ८७ लाख १९ हजार १ सय ३७ मात्रा प्रयोग भइसकेको छ । कोभिसिल्डबाहेकका अन्य खोपको म्याद भने बाँकी नै छ ।

हालसम्म कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० मध्ये ७२.२ प्रतिशतले पहिलो मात्रा र ७०.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

पछिल्ला दिन कोभिड संक्रमणको जोखिम बढिरहेकाले बुस्टर डोज लगाउन सरकारले आग्रह गर्दै आएको छ ।

२०७७ माघ १४ गतेबाट नेपालमा कोभिडको पहिलो मात्रा खोप लगाउन थालिएको थियो ।

पछिल्ला दिन कोभिड संक्रमणको जोखिम बढिरहेकाले बुस्टर डोज लगाउन सरकारले आग्रह गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.