काठमाडौंमा एक महिनामै ३४ जना हैजाका बिरामी

0

काठमाडौं : काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको संख्या ३४ पुगेको छ ।

नयाँ संक्रमित तीन जनाको अस्पतालमा उपचार भइरहेको छ । हैजा संक्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।

हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

असार दुई गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । अहिलेसम्मको अध्ययनले धारा, जार र जमिनमुनिको पानीमा हैजाका जीवाणु भेटिएका छन् ।

हैजाबाट जोगिन पानी उमालेर पिउन र बासी खानेकुरा, फोहोर पानी नखान चिकित्सकको सल्लाह छ ।

भिब्रियो काेलेरा नामक ब्याक्टेरियाले मानिसको सानो आन्द्रामा सङ्क्रमण गरेर हैजा लाग्ने चिकित्सकको भनाइ छ । 

पानी उमालेर पिउने, बासी फोहर पानी खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने, दिसा पिसाब गरेपछि राम्रोसँग मिचिमिची साबुनपानीले हातखुट्टा धुने, जथाभाबी नछुने गर्दा हैजा लाग्नबाट बच्न सकिने चिकित्सकले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.