देउवा नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा

0

काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको छ ।

सर्वोच्चको आदेशमा देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो ।

एक वर्षको बीचमा देउवा नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने बाहेक उल्लेखनीय काम गर्न सकेको छैन ।

कोरोनाविरुद्धको खोप अभियानमा पनि सरकार सफल नै देखिएको छ ।

संघ र प्रदेश निर्वाचनको घोषणा साउन पहिलो साता गर्ने तयारी सरकारको छ ।

एक वर्षको बीचमा सरकारले जनप्रिय भन्दा अलोकप्रिय काम धेरै गरेको छ । सरकारमा सहभागी मन्त्रीहरु विभिन्न विवादमा मुछिएका छन् ।

विवादकै कारण अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपरेको छ । ८८ दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री देउवाले मन्त्री फेरिरहेकै कारण पनि आलोचना खेप्नुपरेको छ ।

संवैधानिक परिषद सम्बन्धी अध्यादेश, प्रहरीलाई हतियार खरिद प्रकरणमा समेत सरकार विवादमा तानिएको छ ।

Leave A Reply

Your email address will not be published.