कांग्रेस पदाधिकारी बैठक : आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकबारे छलफल

0

काठमाडौं : सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धी विधेयकको बारेमा छलफल शुरु गरेको छ । 

मंगलबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकका विषयमा छलफल भएको हो । 

बैठकमा पार्टीको भ्रातृ संस्थाको विधानमा एक रुपता ल्याउने विषयमा पनि कुरा भएको नेताहरुले जानकारी दिएका छन् ।

पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसले तत्कालीन केन्द्रीय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भ्रातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो । 

त्यसैलाई केन्द्रीय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको सहमहामन्त्री विश्वकर्माकोे भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.