जनक शिक्षाका प्रबन्ध निर्देशकमाथि कार्यालयमै कालोमोसो

0

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई अभद्र व्यवहार गरेको छ । 

शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले उनलाई कालोमोसो दलेर अभद्र व्यवहार गरेका हुन् । 

उनलाइ कालोमोसो दलेर संगठनले ‘झालाई कारबाही किन ?’ भन्ने एक पर्चा समेत कार्यालय परिसरमा छाडेर हिँडेका छन् । 

उनीहरुले छाडेको पर्चामा ’देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराएको लगायत आरोप झामाथि लगाएका छन् ।

क्रान्तिकारीले उनीमाथि शिक्षा मन्त्री र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनलाई समेत बेवास्ता गरेको आरोप लगाएको छ ।

No description available.
Leave A Reply

Your email address will not be published.