बजेट देश र जनताको पक्षमा छ, कसैलाई अनैतिक लाग्दैमा राजीनामा दिन्नँ : अर्थमन्त्री शर्मा

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा करका दर हेरफेर गर्ने अधिकार अर्थमन्त्रीमा निहीत रहेको बताएका छन । 

राष्ट्रियसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले करका दर बढाउँदा देश र जनतालाई हित गर्‍यो कि गरेन, उद्योगलाई कस्तो असर पर्‍यो भन्ने मुख्य कुरा भएको बताएका हुन् । 

बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लाग्दैमा आफुले राजीनामा नगर्ने पनि अर्थमन्त्री शर्माले बताए ।

अर्थमन्त्री शर्माले सही र गलत भोलि इतिहासले पुष्टि गर्ने भन्दै आफुले गरेका निर्णयप्रति जवाफदेही रहेको पनि स्पष्ट पारे । बिजुली गाडीका सन्दर्भमा मन्त्री शर्माले महँगा गाडीमा सञ्चिति डलर बढी जाने भएकाले केही कर बढाइएको बताए ।

सेनेटरी प्याडका सन्दर्भमा महिलाको स्वास्थ्यमा ध्यान दिएर सहजीकरण गर्न खोजिएको उनले बताए । डलरको मूल्यवृद्धि र पेट्रोलको मूल्यवृद्धिले मुद्रा सञ्चिति घटेको उनले बताए । 

हाल ३ खर्ब ५८ अर्बको खाद्यान्न आयात भएको बताउँदै मन्त्री शर्माले यसलाई प्रतिस्थापन गर्नेगरी बजेटमा विभिन्न उद्योगका लागि कच्चा पदार्थमा छुट दिइएको उल्लेख गरे । बजेटमा कृषि क्षेत्रको रुपान्तरण गर्ने विषय समेटिएको शर्माको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.