ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एकजनाको मृत्यु,

0

कोहलपुर, बाँके, ११ असार २०७९, शनिबार ,
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २८ बर्षीया दिपिका खत्री कटुवालको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ७ बजे कोहलपुरतर्फ आउँदै गरेको ना ५ ख ४२०४ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठक्कर दिँदा बैजनाथ गाउँपालिका वडा नम्बर २ की कटुवालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी दिपिकाको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने मोटरसाइकल चालक ३२ बर्षीय दिलबहादुर कटुवाल सामान्य घाइते भएका छन् । दिलबहादुर मृतक दिपिकाका श्रीमान् हुन्।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कोहलपुरले जानकारी दिएको छ ।

Leave A Reply

Your email address will not be published.