तिलक बाबू , असार ४ कोहलपुर
देशमा बढिरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना सम्बन्धि ट्राफिक सचेतनामुलक सडक नाटक प्रदर्सनि भएको छ।
शनिबार कोहलपुर १२ चप्परगौडिमा प्रदर्सन भएको सडक नाटक कोहलपुर नगरपालिकाको सहयोग, जिल्ला ट्राफिक बाँकेको प्राबिधिक सहयोगमा गरेको थियो भने आयोजक समाज संस्था नेपालले सडक नाटकको प्रदर्शन गरेको थियो ।
नाटकमा ट्राफिक नियमको पालना गर्दा हरेक नागरिकको जीबन सुरक्षित हुने, सडक पार गर्दा प्राथमिकताको ज्ञान , हतारले सधैं पछुताउनु पर्ने, नागरिक र ट्राफिक प्रहरिको सम्बन्ध लगायतका बिषयलाई आकर्शक तरिकाले सर्बसाधारणले बुझ्ने गरी प्रस्तुत गरिएको थियो ।
विगत लामो समयदेखि विभिन्न फरक फरक बिधामा सडक नाटक गर्दै आम जनमानसमा सकारात्मक संदेश दिदै आइरहेको र अझै पनि बाकेका अन्य स्थानमा सडक नाटक प्रदर्शन गर्ने समाज संस्था नेपालका अध्यक्ष विनोद थापाले बताए।