विश्वप्रकाश शर्माको दाबी- एसपीपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको हो

0

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको दाबी गरेका छन् । 

नेपाल शिक्षक संघ ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा महामन्त्री शर्माले एमालेले संसदमा आफ्नो पार्टीलाई आक्षेप लगाए पनि २४ घण्टा नवित्दै ओली नेतृत्वको सरकारले नै एसपीपी अघि बढाएको पुष्टि भएको बताएका हुन् ।

महामन्त्री शर्माले कूटनीतिक मर्यादा विपरित सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि पहिलो पटक विवादमा मुछिएको भन्दै असन्तुष्टि जनाए । 

महामन्त्री शर्माले एसपीपी राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्रीले नै स्पष्ट पारिसकेकाले मुलकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए ।

उनले एसपीपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण समेत गराए ।

Leave A Reply

Your email address will not be published.