जाजरकोटमा अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड,

0

तिलक बाबु , कोहलपुर बाके,

जाजरकोट अज्ञात समुहले नलगाड नगरपालिका ५ मा रहेको जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेका छन ।

अज्ञात समुहद्वारा रातिको समयमा विद्यालय तोडफोड गरेको त्यसै बिधालयका शिक्षक मदन रावलले जानकारी दिनुभयो। उहाका अनुसार कार्यालय कक्षको ताला फोडेर विद्यालयमा तोडफोड गर्नाका साथै कोठाभित्र रहेका दराज, कम्प्युटर, कुर्सी, फिल्टर तोडफोड गरिएको छ।

विद्यालयलाई १० लाख बराबरको क्षती भएको छ। १५ वटा कम्प्युटर, कुर्सी, फिल्टर, तोडफोड गरेको प्रधानाध्यापक दिनेश ओलिले जानकरी दिनुभयो। हामिले इलाका दल्ली र जिप्रका जाजरकोटमा निवेदन दिएका छौ प्रधानाध्यापक ओलिले बताउनु भयो। स्थानीयवासीका अनुसार विद्यालय जस्तो सार्बजनिक स्थान तोडफोड गरिनु निद्दनिय कार्य रहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन।

इलाका प्रहरी कार्यालय दल्लिले विद्यालयमा तोडफोड भएको र घटनाका विषयमा विस्तृत अनुसन्धानसहित खोजीकार्य भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.