मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको अर्थमन्त्री शर्माको दाबी

0

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री शर्माले मुलुकको अर्थतन्त्र पर्यटनबाहेक सबै क्षेत्र पूर्ववतः अवस्थामा फर्किएको तथा राजस्व संकलन पनि सन्तोषजनक रहेको दाबी गरे । 

आगामी आर्थिक वर्ष कृषि उत्पादन र पर्यटन प्रवद्र्धनका लागि गरिएको लगानी लगायत समग्रतामा आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने उनको भनाइ छ ।

अर्थमन्त्री शर्माले पाँच महिनाको बजेट बनाउने संवैधानिक व्यवस्था नभएको पनि बताए । 

बजेटमाथिको छलफलमा प्रमुख विपक्षी दल एमाले सांसदहरुले पाँच महिना आयु भएको सरकारले वार्षिक बजेट ल्याएको भन्दै आलोचना गरेका थिए । 

त्यसको जवाफ दिँदै अर्थमन्त्री शर्माले पाँच महिनाको बजेट बनाउने व्यवस्था संविधानमा नरहेको जवाफ दिएका थिए ।

एक अर्को प्रसंगमा अर्थमन्त्री शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर फेरबदल गरिएको प्रष्ट्याएका थिए ।

यसअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटमा मापदण्ड घटाएर ६८ वर्ष पुर्‍याइएको छ ।

Leave A Reply

Your email address will not be published.