सरकारी कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

0

काठमाडौं : सरकारले राष्ट्र सेवक कर्मचारीको तलब बढाएको छ । 

साउन एक गतेदेखि लागू हुने गरी कर्मचारीहरूले अहिले पाउँदो आएको तलबमानमा १५ प्रतिशत तलब बढाइएको हो । 

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढेको घोषणा गरेका हुन् ।

बजेटमार्फत सरकारले कर्मचारीहरुले खाइपाइ आएको भत्तालाई पनि निरन्तरता दिएको छ ।

राष्ट्रसेवक कर्मचारीहरूको तलब सुविधा पुनरावलोकन गर्न र श्रमिकहरूको तलब सुविधाको अध्ययन गरी सरकारलाई सिफारिस गर्न एक उच्चस्तरिय तलब सुविधा आयोग गठन गरिने मन्त्री शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.