विश्वभर फैलिरहेको मंकीपक्सको जोखिम नेपालमा पनि, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

0

काठमाडौं : स्वास्थ्य मन्त्रालयले मंकीपक्स रोगप्रति सचेत रहन आग्रह गरेको छ । विश्वमा मंकीपक्स रोग फैलिन थालेको र त्यसबाट नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहेन आग्रह गरेको हो । 

नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित भने फेला परेका छैनन् । नेपालमा संक्रमण नदेखिएपनि भाइरसबाट सर्ने सरुवा रोग भएकाले सचेत हुनुपर्ने मन्त्रालयको भनाइ छ । 

संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा यो रोग सर्ने गर्दछ । यसको लक्षण १४ देखि २८ दिनसम्म रहने र सामान्यता आफैँ हराउने चिकित्सकहरुले बताएका छन् ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा यसवाट आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखापर्ने बताइएको छ । 

स्वास्थ्य मन्त्रालयले ज्वरो आएको एकदेखि तीन दिनभित्र अनुहार, हल्केला र पैतलामा दाग वा डाबर देखिएमा खबर गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । हालसम्म यो रोग विश्वका १५ मुलुकमा देखापरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.