करणी आरोपमा साढे पाँचवर्ष कैद

0

इलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन जबर्जस्ती करणी महलको कसुर पुष्टि गर्दै सोही महलको ३ (५) बमोजिम पाँच वर्ष छ महिना कैद र सोही महलको १० नं बमोजिम पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । पशुपतिनगरकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गत साउन १९ गते योल्मुलाई प्रहरीले पक्राउ गरी भदौ १ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

Leave A Reply

Your email address will not be published.