मत गणनाको प्रारम्भिक नतिजाले एमाले आत्तियो : कांग्रेस

0

काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ । 

निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम  र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको कांग्रेसले बताएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण स्थानीय तह निर्वाचनमा तालमेल सम्भव भएको र अन्य ठाँउहरुमा मित्रवत प्रतिस्पर्धा भएको विज्ञप्तिमा उल्लेख छ । 

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको तालमेललाई गठबन्धनमा संलग्नसबै राजनीतिक दल र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरुले विश्वास गरको दाबी विज्ञप्तिमा गरिएको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गरेको विज्ञप्तिमा निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएको स्मरण विज्ञप्तिमा गरिएको छ । 

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगको भएको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नरहेको विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

Leave A Reply

Your email address will not be published.