७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, जजिराको पहिलो उडान

0

काठमाडौं : ७४ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।

विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगम (नेवानी)को पहिलो जहाज सोमबार बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् ।

यससँगै नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।

जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने २९ जेठबाट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

वैशाख १५ गते नेपाल एयरलायन्सकै वाइडबढी जहाजले भैरहवामा परिक्षण उडान गरेको थियो ।

सन् २०१७ को डिसेम्बरभित्र निर्माण सक्ने गरी २०१५ को सुरूवातमा थालनी भएको विमानस्थलको काम विभिन्न कारणले ढिलाइ भएको थियो । विमानस्थलको लम्बाइ ३ हजार र चौडाइ ४५ मिटर चौडाइ छ ।

Leave A Reply

Your email address will not be published.