देशभर मतगणना जारी : कुन पार्टीको कति जित ?

0

काठमाडौं : स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको छ । 

हालसम्म नेकपा एमाले ३४, नेपाली कांग्रेस ३१, नेकपा (माओवादी केन्द्र)ले २५ र नेकपा (एकीकृत समाजवादी)ले २ स्थानीय तहमा प्रमुख पद जितेका छन् । 

उपप्रमुखमा सबभन्दा बढी कांग्रेसले ४०, एमाले २९, माओवादी १४, एकीकृत समाजवादी ४, जनता समाजवादी पार्टी १ र स्वतन्त्र १ जितेका छन् । 

मतगणना जारी स्थानमध्ये प्रमुखतर्फ कांग्रेसले सबभन्दा बढी २६१, एमाले १५५, माओवादी केन्द्र ९८ र एकीकृत समाजवादीले १६ स्थानमा अग्रता लिएका छन् । 

यस्तै जसपा २९, लोकतान्त्रिक समाजवादी पार्टीले १२ स्थानमा अग्रता लिइरहेका छन् । 

शुक्रबार देशभरका कूल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भएको थियो । 

निर्वाचनबाट ७५३ स्थानीय तहका प्रमुख/उपप्रमख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला सदस्य, महिला सदस्य र खुला वडासदस्य गरी कूल ३५ हजार २२१ निर्वाचित हुनेछन् । 

Leave A Reply

Your email address will not be published.