एनआरएनए जापानको बिसेष अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम संम्पन,

0

एनआरएनए जापानले बाल बक्त्रित्वकला प्रतियोगिता एबम अन्तर्कृया कार्यक्रम सम्पन्न गरेकोछ । मे १२ बिहीवार जापानको टोकियोमा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले नेपाल जापानको सम्ब्नध, भाषा संस्क्रिति लगायतमा बिषयमा अन्तर्कृया गर्नु भएकोछ ❘

कोबिडको महामारीमा बाल बालिकाको क्रियाकलापलाई प्राथमिकता दिई ७ बर्ष देखि १४ बर्ष सम्मको बालबालिकाहरु सहभागि बनाइएको प्रतियोगितामा सिक्षाबिद प्रा.डा.हिम लाल घिमिरे, अन्तर्राष्ट्रिय अधिबक्ता डा.बलराम श्रेष्ठ र जापान स्थित नेपाली भाषाविद नोजु हारुहितोले नेपाल र जापानको द्विपक्षिय सम्बन्ध ,कला संस्क्रिति एबम जनस्तरको सम्बन्धका बारेमा आआफ्नो धारणा राख्दै शुभकामना मन्तब्य राख्नु भएको थियो ।


कार्यकममा नेपाल राजदुताबासका कार्यबाहक राजदुत अम्बिका जोशीले कार्यकम सफलताको लागि शुभकामना सन्देश पठाउनु भएको थियो ❘ उक्त कार्यकममा जापान स्थित बिभिन्न संघ सस्थाको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ❘

करिब १ लाख नेपालीहरु बसोबास गर्दै रहेको जापानमा यस प्रकारको बाल बक्तुर्त्वकला कार्यकमले नेपाली समाजमा बिसेष महत्व राख्ने अभिभाबकहरुको भनाइ रहेको थियो । प्रबासमा हुने यस् खाले क्रार्यक्रमले नेपाली भाषा संस्क्रिति र नेपालीपनको जग बलियो हुने र दोश्रो पुस्ताले आफ्नो मात्रिभाषामा दक्षता हाशिल गर्न सहयोग पुग्ने सहभागिहरुको भनाइ थियो ।


कार्यक्रममा सबैको धारणा सुनेर आगामी दिनहरुमा पनि एनआरएनए जापानले सिर्जनात्मक र नेपाली समाजलाई अघि बढाउन मद्दत गर्ने यस्तो प्रतियोगिताहरुलाई निरन्तरता दिने अध्यक्ष अनिता गुरुङले विश्वाश दिलाउनु भयो ❘ कार्यक्रममा पुरस्क्रित तथा सहभागिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।


एनआरएनए जापानको सल्लाहकार सरोज खत्री , बुद्दिराज गिमिरे ,उपाध्यक्ष हरिचन्द्र लामा,जीबन गुरुङ, प्रबक्ता सरिता ढकाल ,कोषाध्यक्ष कालिका थापा सदस्यहरु कृष्ण भण्डारी लगायत सम्पूर्ण पदाधिकारीहरुले अन्तर्कृयामा आआफ्नो मन्तब्य राख्नु भएको थियो ❘


एनआरएनए जापानकी प्रबक्ता सरिता ढकालले सन्चालन गर्नु भएको कार्यक्रमको सभापतित्व अध्यक्ष अनिता गुरुङले गर्नु भएको थियो ।
,

Leave A Reply

Your email address will not be published.