गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले गत मार्चमा काठमाडौंमा भेला गरेर बनाएको गैर आवासीय नेपाली संघको छुट्टै समुह बैधानिक नभएको स्वीकार गरेका छन् । एनआरएनएका नाममा गतिबिधी गर्दै आएको घलेले बनाएको बिनोद कँवर अध्यक्ष रहेको समुहले एनआरएनएको लोगो र नामको दुरुपयोग् गरेको भनेर ब्यापक बिरोध हुँदै आएको छ ।
एनसीसीहरुलाई सहकार्यका लागि आब्हान गर्न घले समुहले बिहिबार बोलाएको बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन् सहकार्य गरौ बैधानिकताको कुरा किन गर्ने ? बैधानिकता ठुलो कुरा होइन कम्युनीटीको सेवागर्न हामिलाई कसैले रोक्दैन ।
आन्तरिक जुम बैठकमा घलेले बोलेको भिडियो एनआरएन युकेका महासचिब खुसी लिम्बुले रेकर्ड गरेर सार्वजनिक गरेकाछन । भिडियोमा घलेले कुल आचार्य समुहलाई बैधानिकता दिइएकोमा कानुनी विबादमा नजाने संकेत गर्दै भने “लेट्स मुभ फरवाड” ।
घलेलाई एनआरएनएको प्रमुख संरक्षकको रुपमा एनआरएनएको अधिबेशन नगर्न अदालतले अन्तरिम आदेश दिएको र एनआरएनएको निर्वाचन नगर्न अर्को छुट्टै अन्तरकालिन आदेश गरेकोमा दुबै आदेशको विपरित एनआरएनएका नाममा अधिबेशन र निर्वाचन गरेर छुट्टै समुह बनाएका थिए । उनको यो कार्यले अदालतको मानहानी भएको हुन सक्ने कानुनबिदहरु बताउछन ।
सरकारले गतै चैत्र १३ मा परराष्ट्र मन्त्रालयको मन्त्रीस्तरिय निर्णय गरी कुलआचार्य समुहको अधिबेशन र निर्वाचनलाई मान्यता दिएको छ । सरकारको निर्णय र स्वयं घलेको स्वीकारोक्तीले उनको समुहलाई एनआरएनएको नाम लोगो आदि प्रयोग गरी गतिविधी गर्न नैतिक तथा कानुनी संकट परेको छ । गैर आवासीय नेपाली संघले यस अगाडी नै नाम लोगो र लेटरहेडको अनधिकृत प्रयोग नगर्न चेतावनी दिएको छ ।
घलेको आजको भनाईले नेपाल सरकार र अन्य बैधानिक निकायले मान्यता दिएको र प्रबासका अधिकांश नेपालीहरुले स्विकार गरेको कुल आचार्य नेत्रित्वको २००३ मा स्थापना भएको एनआरएनएलाई स्वीकार गर्न सहज भएकोछ ।