जेठ ३ गते संसद बैठक आह्वान

0

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन बोलाएकी हुन् । आइतबार बसेको मन्त्रिपरिषदले जेठ ३ गते मंगलबार अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुरूप राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ।

जेठ ३ गते अर्थमन्त्री जनादर्न शर्माले बजेटको प्राथमिकताका विषय सदनमा पेश गर्ने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.